झापामा थप एक जनामा कोरोना देखिएको छ।
केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
भारतबाट साे गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।योसहित देशभर संक्रमितको संख्या ३५८ पुगेको छ।