थप १८ जनामा कोरोना भाइरसको संक्रमण,संक्रमितको संख्या ३ सय ७५ पुग्यो।


सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा बाँकेका १२ जना, धनुषाका २ जना, खोटाङ, सुनसरी, झापा र दैलेखका एक-एक जना छन्।

योसँगै संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।
दैलेखका एक पुरुषमा पनि संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण देखिएको। यसअघि प्रदेशभर एउटा पनि संक्रमण फेला परेको थिएन।

योसँगै सात वटै प्रदेशमा कोरोना संक्रमण देखिएको छ।नेपालमा कोरोनाबाट अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्। 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar