भारतसगको सिमा विवादलाइ अन्तर्राष्ट्रियकरण नेपाल आदिवासी जनजाती महासंघको माग


काठमाडौँ । नेपाल आदीवासी जनजाती महासंघले भारतसँगको सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय प्रवक्ता नवीन रोका मगरले भारतसँगको सीमा विवाद समस्या पटक पटक बल्झिएकाले अन्तराष्ट्रियकरण गरेर दीर्घकालिन समाधान खोज्न सरकारसँग माग गरेका हुन ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष एवम् प्रवक्ता नविन रोका मगरलको हस्ताक्षर सहित बिज्ञप्तिले जारि गरि लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै भएकाले यसविरुद्ध सम्पूर्ण नेपालीले आवाज उठाउन पनि आह्वान गरेका छन ।बिज्ञप्तिमा भनिएको छ,सुस्ता पनि हाम्रै हो।महान नेपाल देश- जिन्दावाद ! परिषदले यसअघि पनि नेपालको आन्तरिक स्वाभिमानमा कुनै आँच आउन नदिन सरकारसँग माग गर्दै आएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको प्रेस बिज्ञप्ति

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar