आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने र ढालिने कल्पना नगरे हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली आफ्नो सरकार नेपाली जनताको आदेशमा बनेकाले कसैले हटाउन नसक्ने बताए।

‘केहीले भनेको सुनियो- गइसक्या थियो फलाना देशका राजदूतले भूमिका खेलेर अड्याइदियो,’ प्रधानमन्त्री ओलीले भने,‘अहिले नेपाली जनताको स्वाभिमानमाथि यस्ता निम्छरा बचन नबोल्दिए राम्रो हुन्थ्यो। यो सरकार नेपाली जनताबाट बनेको हो कुनै देशको आशिर्वाद टिक्ने र ढालिने कल्पना नगरे हुन्छ।’
उनले सरकार ढलोस् भनेर कसैले इच्छा गर्न पाइने तर त्यस्तो इच्छा पूरा नहुने बताए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar