कोरोना भाइरसबाट नेपालमा तेस्रो व्यक्ति गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु


कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको हो। उपचारको क्रममा अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गर्नुभएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको थियो। उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ देखिएको हो। फोक्सोमा समस्या भएपछि उनलाई कृतिम श्वावप्रश्वास दिएर राखिएको थियो। यस अगाडि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar