नक्सा कार्यान्वयन संविधान वैधानिकताका लागि संविधान संशोधन प्रस्ताव ल्याउन मन्त्रिपरिषद् बैठक


काठमाडौं । संविधान संशोधनको प्रस्ताव ल्याउनका लागि अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको प्रस्ताव ल्याउने एक मन्त्रीले जानकारी दिए ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरे पनि संविधानमा नभएपछि त्यसले वैधानिकता पाउँदैन । त्यसैले नयाँ नक्साको कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा परिवर्तनका लागि प्रस्ताव ल्याउन लागिएको हो।

सरकारले आजको बैठकबाट प्रतिनिधिसभामा संविधान संशोधन प्रस्ताव लैजान लागेको स्रोतको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै केहीदिनमै संविधान संशोधनको प्रस्ताव ल्याइने जानकारी दिएका थिए ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले भने आफूलाई अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण र भारतीय सुरक्षाकर्मीको क्याम्प राखेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar