साँझ थप ९ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या ५१६ पुग्यो


शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।

यसरी थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।

त्यस्तै थप संक्रमितमा बारा सिमरनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन्। थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

साँझ थपिएका ९ सहित शुक्रबार ५९ जनामा कोरोना संक्रमण देखिएको छ।योसहित कुल संक्रमितको संख्या ५१६ पुगेको छ। 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar