नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बस्दै


काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ । तर बैठकमा अध्यक्ष ओली सहभागी छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएका हुन् । अध्यक्षद्वयकै सहमतिमा ओली बैठकमा नगएका हुन् ।

सचिवालय बैठकको सुरुवातमा एमसिसीका बारेमा स्थायी कमिटी सदस्यसमेत रहेका कार्यदल सदस्य भीम रावल, अर्का सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र एमसिसी नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टसँग छलफल गरिएको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसिसी अध्ययन कार्यदलले एमसिसीका केही प्रावधान परिमार्जन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन पार्टीमा बुझाएको थियो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल हुने भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar