फेरि थप ७ जना, एक्कै दिनमा ७५ जना कोरोना संक्रमण पुष्टि यसगै कोरोना संक्रमितको संख्या ५९१ पुग्यो


फेरि थप ७ जनामा कोरोना संक्रमन कोरोना संक्रमितको संख्या ५९१ पुग्यो
काठमाडौं । शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना  संक्रमित थपिएका हुन् । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar