ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका लागि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको सेवन डब्ल्युएचओले गलागए प्रतिबन्ध


एजेन्सीजेनेभा,
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको सम्भावित उपचारका लागि मलेरियाविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका लागि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको सेवन गरिरहेको घोषणा गरेको केही दिनपछि डब्ल्युएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले सोमबार एक पत्रकार सम्मेलनमा प्रतिबन्धको घोषणा गरेका हुन्।

ट्रम्पले अहिले उक्त औषधि सेवन गर्न छोडेका छन्। उनलाई यसलाई कोरोना भाइरसको सम्भावित उपचारका लागि लिन सकिने विश्वास छ। तर यस विषयमा स्वास्थ्य विशेषज्ञहरूले मानव स्वास्थका लागि सो औषधि घातक हुनसक्ने चेतावनी दिदै आइरहेका छन्।

साइन्स जर्नल ‘द लान्सेट’मा प्रकाशितले हाइड्रोक्सिक्लोरोक्वाइ सेवन गर्ने मानिसहरुमा हृदयको समस्या र मृत्युको बढी जोखिममा हुन सक्ने उल्लेख गरेको छ।

‘कार्यकारी समूहले हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ। सुरक्षा अनुगमन बोर्डले यसको प्रयोगको प्रभावकारीता बारे समीक्षा गरेपछि औषधिको प्रयोगमा रोक लगाइएको हो’, टेड्रोसले अनलाइन ब्रिफीङ भने।

विश्व स्वास्थ संगठनले पहिले नै  चिकित्सकीय परीक्षणका लागि बाहेक कोरोना भाइरसको उपचार वा यसको रोकथामका लागि  हाइड्रोक्सिक्लोरोक्वाइनको प्रयोग नगर्न सिफारिस गरेको थियो।सम्मेलनमा संगठनका आपतकालिन कार्यक्रमका प्रमुख माइक रायनले विश्वका धेरै देशहरुमा लकडाउनका प्रतिबन्धहरु सहज बनाएका भएपनि कोरोना भाइरस प्रकोपको दोस्रो लहर सुरु हुनसक्ने चेतावनी दिएका छन्।

‘हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा प्रतिबन्ध लगाउने निर्णय निकै सावधानीबाट लिइएको हो’, रायनले भने।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar