नेपालमा थप ११४ जनामा कोरोना,संक्रमितको संख्या ८८६ जना,निको हुनेको संख्या १८३ पुग्यो


काठमाडौं । नेपालमा थप २८ जनाले कोरोनाभाइरस जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको पत्रकार सम्मेलनमा २८ जना कोरोना मुक्त भएको भन्दै योसँगै निको हुनेको संख्या १८३ जना पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साका २१ जना कोरोना निको भएर घर फर्किएका छन् । जसमा ५ महिला र १६ जना पुरुष रहेका छन् ।
नेपालमा थप ११४ जनामा कोरोना संक्रमित,कोरोना संक्रमितको संख्या ८८६ जना,कोरोनावाट निको हुनेको संख्या १८३ पुग्यो।

यसैगरी कोसी अस्पतालको आइसोलेसनमा उपचाररत ४ जनापनि कोरोना निको भएर घर फर्किएका छन् । उनीहरु सबै उदयपुरका हुन् ।
यसैगरी बाँकेका २ जना र बर्दियाका एक जना पनि कोरोना निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ जना पुगेको छ। हालसम्म नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु समेत भएको छ ।

 यो पनी:खुसिको खवर विश्वमा-पत्ता लगायो कोरोना भाइरसको CanSino COVID-19 खोप पहिलो मानव परीक्षणमा सुरक्षित देखिन्छ।

सबैभन्दा बढी कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि इज्जत र सम्मानको कुराः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar