थप कोरोना संक्रमितको संख्या १५६,नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । 

पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।  

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar