सरकारले महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा राखेको छ । यसका लागि १० अर्ब विनियोजन गरिएको बिहीबारको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।
“महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरव आयोजनाको सूचीमा १० अर्ब विनियोजन”
यसअघि २३ वटा राष्ट्रिय गौरवका आयोजना थिए । अर्थमन्त्रीले राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिंचाई आयोजना पनि थपिएको बताएसँगै यो संख्या २४ पुगेको छ ।
यस्तै सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट छुट्याइएको छ ।
यो पनि पढौ: सरकारद्धारा कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको लकडाउन भएकोमा जनतालाइ विशष राहत प्याकेज दिदै