विश्वमा कोरोना भाइरसवाट मृत्युहुनेको सख्या ३,६२,०१० पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्ंया ३ लाख ६२ हजार १० पुगेको छ । संक्रमितको संख्या ५० लाख ४ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये २५ लाख ७९ हजार ६ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ७५ को अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा २६ हजार ७ सय ६४, स्पेनमा २७ हजार १ सय १९, बेलायतमा ३७ हजार ८ सय ३७, इटलीमा ३३ हजार १ सय ४२ र फ्रान्समा २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar