कपिलवस्तुमा आज थप ७७  संक्रमित, संक्रमितको संख्या २ सय ६५ पुग्यो


बुटवल । कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि  भएको छ ।  हिजो ५२ जना  एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७  संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ । जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का वर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । त्यस्तै कृष्णनगर नगरपालिकाका वर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।

यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ वर्षसम्मका पुरुष २६ र २५, १९ वर्षका महिला २ जनामा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ । हिजो र आज संक्रमित भेटिएका व्यक्तिहरु कपिलवस्तुका विभिन्न क्वारेटाईनमा बसेकाहरु हुन् । भारतबाट आएर कपिलवस्तुका क्वारेनटाईमा बसेकारहरुमा धमाधम संक्रमण देखिन थालेको छ । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar