विश्वमा चिनले सवैभन्दा पहिले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलव्ध गराउने


विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर  फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएका ेछ ।

ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक्सिन दोस्रो चरणको ट्रायलमा पुगेको छ ।

स्रोतः बीबीसी
यो पनि पढौ:संसदमा नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक पेस
जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने मन्त्रीपरिषद्को निर्णय
थप कोरोना संक्रमित १९८ जना,संक्रमितको सख्या १४०१ पुग्यो,निको हुने सख्या २१९ पुग्यो

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar