‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्यायो:राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतो

राजपा नेपालका सांसद राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले ‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्याएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बजेटमाथि धारणा राखेका उनले आमजनतालाई उत्साहित बनाउन बजेटले नसक्ने पनि बताए।
‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याइएको छ यो बजेट,’ उनले भने।
राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट ल्याएको आरोप उनको थियो। केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको महतोले बताए।लोकतन्त्रमा राज्य र नागरिकबीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, मालकियत, सहभागिता र सम्मानजस्ता आयाम हुने बताए।
यो पनि पढौ:राजेन्द्र महतोले दुई तिहाईको सरकारले जनतालाई कोरोनाबाट जोगाउन दुई कौडीको काम समेत नगरेको

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar