अमेरीका ह्वाइट हाउसमा प्रदर्शनकारीले ढुङ्गामुडा प्राहार


वासिङटन: अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् ।

वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले पनि रात्री कर्फ्यूको घोषणा गरेका छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले हिंसा रोक्नका लागि आफूले हज्जारौं प्रहरी र सैनिक तैनाथ गर्ने बताएका छन् ।
पछिल्लो एक हप्तादेखि अमेरिकाका थुप्रै शहरमा हिंसा, आगजनी र लुटपाटको घटना भइरहेको छ ।
ह्वाइट हाउसबाट टिभीमा भाषण दिएपछि राष्ट्रपति ट्रम्प आफ्नो सुरक्षाकर्मीसहित नजिकैको एउटा चर्च गएका थिए ।
यो चर्चलाई प्रदर्शनकारीहरुले क्षती पुर्याएका छन् । ह्वाइट हाउस बाहिर प्रदर्शनलाई प्रहरीले समाप्त गरिदिएको छ ।
यसैबीच परिवारले गराएको जर्ज फ्लोइडको पोस्टमार्टममा उनको मृत्यु अक्सिजनको कमीका कारण भएको बताइएको छ ।
परिवारका अनुसार जर्ज फ्लोइडको पोस्टमार्टम गर्ने डाक्टरले  घाँटी र कम्मरमा दबाब परेका कारण उनको मृत्यु भएको बताएका छन् ।
मिनियापोलिसका एक प्रहरी अधिकारीले थुप्रै मिनेटसम्म फ्लोइडको गर्धनलाई घुँडाले थिचेर राखेका थिए ।
परिवारको तर्फबाट गराइएको यो पोस्टमार्टमको नतिजा सरकारी पोस्टमार्टको नतिजाभन्दा फरक छ ।
काउन्टी मेडिकल एग्जामिनरको तर्फबाट गराइएको पोस्टमार्टममा घाँटी थिचेर अक्सिजनको कमी भएको पुष्टि गरिएको थिएन।
 आधिकारिक पोस्टमार्टममा उनको मृत्युलाई होमिसाइड वा हत्या भनिएको छ । यसैबीच जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन अमेरिकाको विभिन्न शहरमा फैलिएको छ ।

वासिङ्टनमा त प्रदर्शनकारी ह्वाइट हाउस बाहिर पनि जम्मा भए । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गासमेत हाने ।

लगातार छैटौं दिन अमेरिकाका विभिन्न शहरमा विरोध प्रदर्शन भयो र थुप्रै स्थानमा हिंसाले व्यापक रुप लियो ।करिब ४० शहरमा कर्फ्यू लगाइएको छ तर मानिसहरु सडकमा उत्रिए । यसैकारण तनाव निकै बढेको छ । न्यूयार्क, शिकागो, फिलाडेल्फिया र लस एन्जेलेसमा प्रहरी र प्रदर्शनकारीबीच संघर्ष भयो ।

यस्तै, राष्ट्रपति ट्रम्पले प्रान्तिय गभर्नरलाई प्रदर्शनकारीविरुद्ध कडा रुपमा उत्रन आदेश दिएका छन् ।एक भिडियो कन्फरेन्समा राष्ट्रपति ट्रम्पले दशकको सबैभन्दा खराब जाती र नागरिक अशान्तिको घटनामा गभर्नरको प्रतिक्रिया कमजोर भइरहेको आरोपसमेत लगाए ।

स्रोतः बीबीसी
यो पनि पढौ:चीनद्वारा भारतलाई कडा चेतावनी :चीनविरुद्ध गतिविधि भए आर्थिकमा ठूलो क्षति व्यहोर्नुपर्छ।
विश्वमा चिनले सवैभन्दा पहिले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उपलव्ध गराउने

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar