थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुग्यो


नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । 

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या २३०० रहेकामा बिहीबार थप ३३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । यस्तै हालसम्म ९ जना संक्रमितको मृत्यु भएको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ । 
 यो पनि पढौ:सुदुरपश्चिममा थप ८ जनाकोरोना, संक्रमितको सख्या ७२ जना पुग्यो।
धरान-१५ आगलागी : आमाछोरीको आगोमा जलेर मृत्यु
तपाइ फेसबुक ,रट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar