कास्कीमा थप ३ जना कोरोना संक्रमित,गण्डकी(तमुवान मगरात)प्रदेशमा संक्रमितको सख्या ८५ पुग्यो


पोखरा – गण्डकी(तमुवान मगरात)प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

यो सँगै गण्डकी(तमुवान मगरात)प्रदेशमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।

शनिबार कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिका १० जना रहेका छन् । संक्रमित वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका रहेका छन् । यस्तै हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

कास्कीमा पनि ३ नयाँ संक्रमित भेटिएका छन् । कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षिय दुई पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, गण्डकी(तमुवान मगरात)प्रदेशको कान्छो जिल्ला नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षिय तीन पुरुषमा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिकाका एक पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ ।

पछिल्लो अपडेटअनुसार गण्डकी(तमुवान मगरात)प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

यो पनि पढौ:आज वि.सं.२०७७ साल जेठ २४ गते शनिबार दिनको राशिफलले तपाईंको बारेमा के भन्छ ?
बागलुङका मृगौला पिडित मगरको लागि स्वरुप कुमार थापाको पहलमा कोरियाबाट उठ्यो रू.२,९२,६१०/-सहयोग

तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar