कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइप्रती प्रतिवद्धतासहित चिन द्धारा स्वेतपत्र जारी

चीनको राज्य परिषद सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो। 

स्वेतपत्रमा भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । कोरोना विरुद्धको वैश्विक लडाईंमा आफ्नो विचार स्पष्ट गर्न श्वेत पत्र जारी गरिएको जनाउँदै कोभिड–१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाईं लडेको स्वेतपत्रमा उल्लेख गरिएको छ । ‘मानिसको जीवन एवं स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवं पुरै मेहनतका साथ कोरोना भाइरस रोकथामका उपायहरु अपनाएको छ’ श्वेतपत्रमा उल्लेख छ । ‘अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरु नियन्त्रण गर्न चीन सफल भएको छ ।’

महामारी विरुद्धको चिनियाँ लडाईं, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ । 
यो पनी पढौ:चिनिया राष्ट्रपति शी जिनपिङले सेनालाइ कडा निर्देशन,युद्धाका लागी तयार रहनू’
थप कोरोना संक्रमन:२१३ देशभर कुल संक्रमितको संख्या ३४४८ पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar