गण्डकी(तमुवान मगरात)प्रदेशमा थप २४ कोरोना पुष्टी,कुल संक्रमित सख्या १४४ जना पुग्यो

कोरोना भाइरस अपडेट

पोखरा । गण्डकी(तमुवान मगरात) प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा १ र बागलुङमा ११ गरि जम्मा २४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ । यस्तै, म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४६ वर्षिय एक  पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ  । यसैगरि गण्डकी प्रदेशको बागङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१, २६ र २७ वर्षका ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षीय ८ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । हिजो मात्रै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकको ज्यान गएको छ ।

यो पनी पढौ:गण्डकी(तमुवान मगरात)प्रदेशमा थप २४ कोरोना पुष्टी,कुल संक्रमित सख्या १४४ जना पुग्यो
नेपालमा थप कोरोना संक्रमित ३१४ जना,संक्रमितको सख्या ३,७६२ जना,मृत्युहुनेको सख्या १४ जना पुग्यो।
माननिय गृहमन्त्री रामबहादुर थापामगर’वादल’ कडा एक्सन’ कानुन विपरीतका काम गर्ने,वाधा पुर्‍याउने, अमानविय कार्य गर्नेहरुलाइ कार्वाही
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar