बुधबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषदको बैठक तय भएको छ । संसद बैठक लम्बिएका कारण मंगलबार स्थगित भएपछि आज बस्न लागेको बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतमा बारेमा छलफल हुँदैछ ।
कोरोना भाइरस रोकथाम उच्चस्तरीय समिति र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन खुकुलो बनाउने बारेको छुट्टाछुट्टै रणनीति मन्त्रिपरिषिदमा पेस गरेका छन् । उनीहरुले कोरोना संक्रमणको अवस्थाका आधारमा स्थान विशेष लकडाउनको शैली परिवर्तन गर्नेबारेमा प्रतिवेदन बुझाएका हुन् । आजको बैठकमा यसबारे छलफल गरेर आवश्यक निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जनजीवन, व्यापार व्यवसायमा प्रभाव परेपछि लकडाउनको शैली परिवर्तन सरकारमाथि चर्को दवाव परेको छ । केही दिनयता ब्यापार व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै पसल समेत खोल्न थालेका छन् ।
यो पनी पढौ:
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।