वाग्मती(नेवा:ताम्सालिङ्ग) प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
वाग्मती(नेवा:ताम्सालिङ्ग) प्रदेशमा संक्रमितको सख्या १४४ जना ,मृत्यु हुनेको संख्या ४ जना पुग्यो,कोरोना मुक्त रसुवा जिल्ला!
वाग्मती(नेवा:ताम्सालिङ्ग) प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् ।
सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ ।
रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यो पनी पढौ:वि.सं.२०७७ साल जेठ २९ गते बिहिवार कुन राशीफल शुभ छ?
•विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ४,१५,८१० पुग्यो।
•एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइने,आन्तरिक परीक्षा र मूल्याङ्नक हुने मन्त्री परिषद्को निर्णय
•संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
•संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।