आज जेठ ३२ गते -आइतवार कुन राशीको शुभ रहेको छ?


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दिन काट्न् गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाट हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोगलिन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातापर्न सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरुको सहयोग पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

यो पनी पढौ:संसदले लिपुलेक ,कालपानी र लिम्पियाधुरा चिनेको ऐतिहासिक दिन
आर्थिक हिनामिना गरेको आराेपकाे खण्डन गर्दै मगर संघ युएई निकाले यस्तो बिज्ञप्ती
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar