गृहमन्त्री ‘वादल’को कडा निर्देशन ‘जोखीम अनुसार तयारी बढाउन र सुरक्षा निकायलाइ हाइअलर्टमा रहनु,घटना हुनसाथ परिचाल हुनु’


काठमाण्डौ : नेपालका मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ।

सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिक रुपमा बसेको बैठकले अझै केही दिन उच्चजोखिम रहेको निष्कर्ष निकालेको हो।

प्राधिकरणको बैठकपछि सम्बोधन गर्दै माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई हाइअलर्ट (उच्च शतर्कता)मा रहन निर्देशन दिएका छन्।यसअघि बसेको प्राधिकरणको बैठकले यो वर्ष ठूलै संकट आउने आकलन गरेको थियो। गृहमन्त्रालयले हिजो (बुधबार) केही दिन उच्चजोखिम रहेको सूचना जारी गरेको थियो। गएराति नै सिन्धुपाल्चोकमा ठूलो क्षति भएको हो।

सिन्धुपाल्चोकमा २ जनाको ज्यान गइसकेको छ, २० जना बाढी पहिरोमा हराइरहेका छन्। चार जना घाइते भएका छन्।जेठमा वर्षाले धरातल भिजाइसकेको र आगामी दिनमा ठूलो वर्षा हुने देखिएकाले जोखिम बढि भएको बैठकको निष्कर्ष छ। आगमी तीन चार दिन मध्य तथा पूर्वी भागमा बाढी पहिरोको उच्चजोखिम आँकलन गरिएको छ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले जनताको जिउ धनको सुरक्षा गर्न चुनौती खडा भएको बताए। उनले भने, ‘विपद आउँछ भन्ने हामीले मनसुनपूर्व बसेको बैठकबाटै गरेका थियौं, संकट भदौसम्म रहन्छ। मनसुनले उत्पन्न गरेका समस्या कसरी सामना गर्ने भन्ने अपडेट गर्दै जानुपर्ने हुन्छ।’

केन्द्रदेखि स्थानीय स्तरका संयन्त्रले हाइअलर्ट अवस्थामा रहनुपर्ने र सबै संयन्त्र सतर्क रहनु पर्ने गृहमन्त्री थापाले बताए।

घटना हुनासाथ परिचालन हुने व्यवस्था गर्न पनि माननिय गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले निर्देशन दिए।देशले एकसाथ चार वटा विपदको सामना गर्नु परेको मन्त्री थापाको भनाई छ। कोरोना, आर्थिक संकट, यी समस्याले निम्त्याएको सामाजिक संकट र मनसुनले निम्त्याएको संकटको सामना गर्नु परेको उनको भनाई छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन
भारतिय नाकामा थप फौजि परिचालन गर्ने कडा निर्णय गर्दै सिमा कडाइ गर्न सुरक्षा संयन्त्रलाइ गृहमन्त्री ‘वादल’ को कडा निर्देशन
अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति, अस्तित्वसँग जोडिएको विषय हो । माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar