थप कोरोना १८६ जना,कुल संक्रमित१७,८४४ जना पुग्यो भने मृत्यु हुनेको संख्या ४० पुग्यो।

सोमबार देशभर १  सय ८६  जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यी सहित मुलुकभर हालसम्म १७  हजार ८ सय ४४ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar