निती,कार्यक्रम तथा योजनाको लक्ष्य सगै कार्यशैलिमा सुधार गर्न मातहतका निकायलाइ गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को कडा निर्देशन


काठमाडौँ: माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले गृहमन्त्रालयले तय गरेको निति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायहरुलाई कडा निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले भने, ‘‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त ग¥यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।”
अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए ।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारीलिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएकोे टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरीए कारवाही गर्ने चेतावनी समेत दिए ।गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रकिया अगाडी बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको जानकारी दिए।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिएपनि पुँजिगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले गत आर्थिक वर्षमा मन्त्रालयले १९ भिभिन्न विषयहरुमा नितिगत तथा कानुनी सुधार गरेको, लागुऔषध प्रयोगकर्ता सर्वेक्षण सम्पन्न गरेको, मन्त्रालय र अन्तर्गतको बेरुजु फछ्र्यौट ७५ प्रतिशत भएको, अध्यागमन विभागमा बायोमेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणलीको प्रयोग गरिएको, कैदिबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar