देशैभर ४ महिला १० पुरुष सहित १४ जना कोरोनावाट मृत्यु मृतकको संख्या २२१ जाना पुग्यो।


काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । 

यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर १२२९ जनामा कोरोना संक्रमण पुष्टी,कुल संक्रमितको संख्या ३८,५६१ जाना पुग्यो
नेपाल आदिवासी जनजाती महासंघ:स्थापनाका क्षण ,संस्थापक कार्यकारी महासचिव सुरेश आले मगर
दर्शन,वर्गसंघर्ष र सामाजीक क्रान्तीको सम्बन्ध अध्यक्ष प्रचण्ड
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar