देशैभर १,०६९ जना थपकोरोना,११ जना मृत्यु,मृतकको संख्या २३९ जना पुग्यो,कुल संक्रमितको संख्या ४०,५२९ जना पुग्यो।


मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन भर्चुअल संवाद कार्यक्रम अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष: नविन रोका मगरको प्रमुख आतिथ्यतामा हुदै
भारतका पुर्वराष्ट्रपती मुखर्जी निधन
घरमै वसेर तिज मनाउन सम्माननिय उपराष्ट्रपती नन्दवाहादुर पुनमगर’पासाङ’को आग्रह



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar