मगर संसार ग्रुपद्वारा बाग्लुङ की आयुष्मा पुन मगरलाई रु.५,६२,२८० रुपिया सहयोग प्रदान

आयुष्मा पुन मगरलाई रु.५,६२,२८० रुपिया सहयोग प्रदान

सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले कलेजो क्यान्सर पिडित बागलूङकी आयुष्मा पुन मगरलाई ५ लाख ६२ हजार २ सय ८० रुपिया आर्थिक सहयोग गरेको छ।
बागलूङ जिल्ला ढोरपाटन ५ साहुथोकमा जन्मेका र हाल कर्मथलो स्याङजा जिल्ला कालीगण्डकी ४ बनायका २५ बर्षीय आयुष्मा पुन मगरलाई आज बुटवलमा एक कार्यक्रमको बीच मगर संसार फोटो ग्यालरीबाट संकलित सहयोग रकम मगर संसारका एडमिनहरु बाट रु.५ लाख ६२ हजार २ सय ८० रुपिया हस्तांतरण गरेको हो ।

सहयोग रकम आयुष्मा पुन मगर उपचारको लागि इंडिया रहेकोले सो सहयोग रकम बिरामीको आफन्ति टेकभक्त रोका मगरको हातमा हस्तांतरण गरेको थियो।

आर्थिक अवस्था कमजोर रहेका कलेजो क्यान्सर पिडित आयुष्मा पुन मगर नेपाल प्रहरीमा कार्यरत थिइन ।उनलाई एक्काशी कलेजोमा क्यान्सर लागेपछि निकै समस्यामा परेकी आयुष्मालाई मगर संसारले सहयोगको लागि अपील सँगै अभियान गरेको थियो।

मगर संसारका अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगरले आयुष्मा पुन मगर अभियानमा कोरिया,हङकङ,जापान,नेपाल रोमाननिया,इराक, लण्डन पोर्चुगल, मलेशिया, दुबई, साउदी, कतार ,कुबेत, इंडिया, क्यानाडा लगायतका देशमा बसोबास गर्नुहुने २९९ जना सहयोगी दाताहरुबाट सो रकम संकलन भयको जानकारी दिनु भयो।

साथै आजसम्म मगर संसार को माध्यमबाट १८७ जना विभिन्न रोगी र दुख पीडामा परेका बिरामीलाई एक करोड ४० लाख बढ़ी सहयोग संकलन गरेर हस्तांतरण गरी सकेको
मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी समेत दिनु भयो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar