“मगरात पहिचान सहितको संघिय गणतन्त्र नेपालको सर्बोच्च कमाण्डर हो,नविन रोका मगर।”


काठमाण्डौ। मगरात पहिचान सहितको संघिय गणतन्त्र नेपालको सर्बोच्च कमाण्डर हो नविन रोका मगर । अब नवीन मगरातको नेतृत्व समाजदेखि सिंगो देशसम्मको हुने।एकात्मक राज्य सत्ता फाल्दै संघीय गणतन्त्र नेपाल स्थापनाका लागि पहिलो बिद्रोहको झिल्का बलेको ऐतिहासिक लाल वस्ति वा बिचार, क्रान्ति , बलिदान र बिद्रोहको केन्द्र रोल्पा जिल्ला जस्तो संसारभरका साम्यवादीहरुको आस्थाको केन्द्रको रुपमा स्थापित जिल्लामा क्रान्तिको किल्ला थबाङ गाऊपालिकाका वासिन्दा नवीन रोका मगर नेपाल कम्युनिस्ट पार्टी नेकपा को जिल्ला सहईन्चार्जमा मनोनयन हुनु भएकोमा रोल्पा रुकुम लगायतका नेपाली जनताले नयाँ सपना हेर्दै सास फेरेका छन।नवीन रोका मगर जनयुद्ध कालमा रायबीन नामले चिनिने राज्यका लागि डरलाग्दो सशक्त एउटा पात्र र टाउकाको मूल्य जारी गरिएका जनताका छोरा थियोे ।उसको राजनीतिक जीवनमा १३ पटक सम्मको हिरासत र जेल जीवनको अनुभव छ।उसका फरकफरक भोगाइ , गराइ र पढाइका समुच्च पृथक चेतनाका कारणले नै उसको व्यक्तित्व , चेतना , योजना , निडरता, शालीनता र कार्यशैली नेपालका कुनै पनि नेता भन्दा निकै फरक पाइन्छ ।उसको जीवनको जरामा पुग्दा आजको दिनसम्म आफ्नो बाबाको फोटो समेत हेर्ने मौका नपाएको तथा सदा अभाव र उत्पिडनमा हुर्केको वा वाचेको जीवन बोकेर आज समाज र देशलाई संसारभर चिनाउने देशको एउटा असली सन्तानको रुपमा दर्ज भएको छ।नेपाली समाज र देशको मूख्य समस्या हल गर्न सामाजिक र राजनैतिक सवाललाई संगसंगै संयोजन गरेर नयाँ प्रयोग गर्नु पर्दछ भन्ने वस्तुगत तर्क राख्ने गर्दछ।मगरातले जन्माएको नवीन मगरातले सामाजिक आन्दोलनको मात्रै नभएर राजनैतिक आन्दोलनलाई समेत ठिक ढंगले नेतृत्व गरेर देशलाई फरक तवरले नेतृत्व गर्ने र समाजलाई रुपान्तरण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमता अनुभव काफी रहेकोले यो देशले एकपटक नवीन रोका मगरको पर्खाइ गरिरहेको पक्का हो।जुन ऐतिहासिक कदमको यात्रा रोल्पावाट शुरु हुनेछ ।ईतिहासले खास मानिसलाई खास बेलामा जन्म दिन्छ भनेको कुरा दम छ भन्ने कुरा नवीन मगरातको कदमहरुले साबित गर्ने गर्दछ।जे होस् देशका कुशल असल र असाधारण क्षमता र बिचार भएका व्यक्ति लाई पढ्न र बुझ्न समय लाग्दो रहेछ।
साथै नविन रोका मगर भन्नुहुन्छ‘देश सम्पूर्ण समुदायको साझा बन्छ कि बन्दैन। संविधान सबै जातजाति, वर्गको साझा दस्तावेज बन्छ कि बन्दैन । मगर समुदाय नेपाली नागरिक हो कि होइन ? यदि मगर नेपाली नागरिक होइन भने सिंहदरवारका शासकहरुले खुलेर भन्नुप¥यो । त्यसपछि गरौंला आमनेसामने हिसाबकिताब । मगर समुदाय यो देशको विरुद्धमा होइन, यो माटोको विरुद्धमा होइन, यो समाजको विरुद्धमा होइन। उहाँले भन्नुहुन्छ –‘यो देशमा परिवर्तनका लागि सबैभन्दा बढी रगत बगाउने मगर समुदायले बगाएकोछ । त्यसकारणले देशको माया हुनेले रगत बगाउछ, देशको माया नहुनेले रगत बगाउदैन हिसाबकिताब यहाँबाट शुरु गरौं । उहाँ एकृकित मगरात, पहिचान सहितको संघीय नेपाल निर्माणको सर्बोच्च कमाण्डर हो।उहाँले मगराँत पहिचान र मगर अधिकार र नेपालको उत्पीडित जातजातिको विरुद्धमा कुनै सम्झौता गर्नेवाला छैन । त्यसका लागि कुन तहको आन्दोलन गर्नुपर्ने हो, कुन तहको लडाई लड्नुपर्ने हो उहाँ मैदानमा हाजिर भैसकेको सबैलाइ अवगत नै छ। उहाँ हिजोसम्म हामी कुनै व्यक्तिका लागि लड्यौं, मर्रौ होला ? कुनै शासकहरुको कुर्सीका लागि लड्औं होला । अब आफ्नो पहिचन सहितको सबै नेपालीहरुका लागि निर्णायक लडाई लड्नु पर्ने दिन नजिक आयो कि ? भन्ने हामीले महसुस गरिसकेका छौं । त्यसैले मगरातसहितको संघीय गणतन्त्र नेपालको विल्कुल विकल्प छैन। मगरात विनाको नयाँ नेपाल हामीलाई स्वकार्य छैन । नेपाल सहितको मगरात, मगरातसहितको नेपाल हामीले परिकल्पना गरिसकेका छौं । यो मुद्दा आज कुनै पार्टी, कुनै मगरले मात्र उठाएको होइन, राजनीतिक विद्रोह नेपालको प्रथम शहीद लखन थापा मगरदेखि उठेको हो । त्यसकारणले अधिकार नपाए राज्य विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने यो विचार कसैले सिकाको होइन, महामानव नेपालको प्रथम शहीद लखन थापा मगरले सिकाएको हो। हामी शहीदको सपनाको विरुद्धमा, नेपाली जनताको विरुद्धमा, बलिदानीको विरुद्धमा कुनै हालतमा पाइला चल्ने छैनौं । बिगतमा जारी संविधानले मगर भाषा, संस्कृति, धर्म, राजनीतिक अधिकारको बारेमा कहाँ निर कुन धारामा बोलेको छ । विल्कुल बोलेको छैन । त्यसकारण मगरातका जनता, मगर जाति र मगर संघ अहिलेको संविधानको विरुद्धमा छ । जबसम्म मगरात पहिचानसहितको मगरात प्रदेश घोषणा हुदैन ।उहाँ जबसम्म बहुभाषिक नीति, बहुसंस्कृति, बहुधार्मिक नीति स्वकार्य गरिदैन, तबसम्म मगर जाति हजारौं पुस्तासम्म लड्न तयार छ । मगरात पहिचानसहितको सघिय गणतन्त्र नेपालको सर्बोच्च कमाण्डर हो। उहाँ सामाजिक अभिनेता सँगै राजनैतिक नेता बन्नुभएको छ। उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रिय सदस्य हुदै नेपाल कम्युनिस्ट पार्टी नेकपा को रोल्पा जिल्ला सह-इञ्चार्जको जिम्मेवारी सम्हाल्नु भएको छ।अन्तरास्ट्रिय मगर महासंघ (International Magar Federation) अन्तराष्ट्रिय समितीको सस्थापक अध्यक्ष जिम्मेवार सहित अगाडी बड्नुभएको जुजारु युवा नेता हुन नविन रोका मगर। नविन रोका मगरले लाखौ नविन रोका मगर जन्माइ सकेका छन्। एकता नै ठुलो बल हो। कायरहरु भाग्छन्
ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरु एकजुट भइ अगाडी बड्न सबै अपिल गर्नुहुन्छ।मगरात हाम्रो घर हो ,नेपाल हाम्रो देश हो,जहाँ हाम्रो भाषा,संस्कृती, धर्म, सामाजिक मूल्यमान्यता राजनैती ईतिहासले बास गर्छ अनि नेपाल हाम्रो देश हो,मगरात पहिचान मेटाउनु भनेको नेपाल मेटाउनु नै हो ।उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता, मगर समुदायको, भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान आधारीत नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो। मगरात नेपालको मानाव सभ्यता सँग जोडिएको एैतिहासिक नाम हो। त्यसैले जीवन मरणको यो अधिकार प्राप्तीको लडाईम मगरातका सम्पूर्ण बाहुन, क्षेत्री, दलित अन्य जातिहरु र संसार भरका मगरहरु यो मगरात आन्दोलनमा सहभागी भएर सहयोग गरेर आन्दोलन सफल पार्न जोडदार अपिल सहित अगाडि बड्नुहुने जुजारु युवा नेता नविन रोका मगर हुन।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar