स्याङ्जामा पहिलो पटक २जना कोरोना पुष्टी, संक्रमितको संख्या ७ सय ३० पुग्यो


भारतबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।६ दिनअघि नयाँदिल्लीबाट आएका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।

स्याङ्जामा यसअघि संक्रमण भेटिएको थिएन। संक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए।यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ। आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन्।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक साझा ५ बजे वस्दै

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar