नेपाली समाज नयाँ युगको सिद्धान्त र कानुनमा रुपान्तरण भए पनि व्यवहारमा भएन युवा नेता नविन रोका मगर


नेपाली समाज नयाँ युगको सिद्धान्त र कानुनमा रुपान्तरण भए पनि व्यवहारमा भएन युवा नेता नविन रोका मगर

नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष एबम् प्रबक्ता, अन्तर्राष्ट्रिय मगर महासघको अध्यक्ष साथै नेकपा केन्द्रिय सदस्य जुजारु युवा नेता नविन रोका मगरले भन्नुभयो जवसम्म नेपाली समाज र राज्य व्यवस्था अति हिन्दु दर्शनको आधारमा चल्नेछ तबसम्म यो देश र समाजमा मानवको ज्यान भएर मानवको सोच तथा व्यवहार नभएको जातीय छुवाछूत र विभेदको पर्खाल जिउँदो रहनेछ भन्नुभएको छ।त्यसैले हिन्दू दर्शनलाई मानव सेवा र समाज सेवाको रुपमा लागू गर्ने हो भने दास युगमा प्रयोग गरिएका मनुस्मृति लगायतका दर्शन आधुनिक युगसंगै परिमार्जन र विकास गर्नु पर्दछ।

अन्यथा २१ औं शताब्दीमा मानव जातिलाई सेवा होइन घीन लाग्दो पीडा मात्रै दिनेछ ।

जसको परिणाम जाजरकोटको नबराज बि क ले कथित माथिल्लो जातिको युवतीलाई सहमतिमा प्रेम गर्दा ज्यान गुमाउनु परेको छ।नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष एबम् प्रबक्ता, अन्तर्राष्ट्रिय मगर महासघको अध्यक्ष साथै नेकपा केन्द्रिय सदस्य जुजारु युवा नेता नविन रोका मगरले भन्नुभयो ‘पश्चिम रुकुम चौर जहारीमा घटेको यो निन्दनीय घटनाप्रती घोर भत्सर्ना छ।मृतक नवराज वि क, टिकाराम वि क र गणेश वुढा मगरको हत्याकाण्डमा गंभीर ध्यानाकर्षण गर्दै जुनसुकै निकाय वा संलग्न दोषी व्यक्तिलाई हदैसम्मको कानुनी कार्वाही गर्न सरकारसंग जोडदार माग सहित पिडितलाई उचित क्षतिपूर्तिको समेत माग छ।

  • घटनाको निष्पक्ष छानबिन गरेर यस्तो अमानवीय जगन्य घटना दोहोरिन नदिन समाज र सरकार बढी सचेत रहन समेत अपिल

गर्दै मानवअधिकारवादी संगठन , सामाजिक संगठन र राजनैतिक दलहरूलाई दबाब दिन पनि अनुरोध गर्नुभएको छ।

नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ संघिय परिषद्को उपाध्यक्ष एबम् प्रबक्ता, अन्तर्राष्ट्रिय मगर महासघको अध्यक्ष साथै नेकपा केन्द्रिय सदस्य जुजारु युवा नेता नविन रोका मगरले भन्नुभयो यो घटना नेपाली समाज र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि ठूलो चुनौती समेत जानकारी सबैमा गर्नुभएको छ।
रुकुमपश्चिम चौरजहारी घटनाका दोषीमाथी कारबाही हुन्छ: माननिय गृहमन्त्री रामबहादुर थापामगर’वादल’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar