महत्वपुर्ण १८ स्वास्थ्यका कार्यक्रम, कुनमा कती बजेट?


नेपाल सरकारले यो महामारी (कोभिड—१९)को समयमा स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

४० प्रतिशत नागरिकलाई स्वास्थ्य विमामा समाहित गर्न ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ। गत वर्ष त्यसमा ६ अर्ब रुपैयाँ रहेको थियो। महिला स्वयंसेविको यातायात भत्ता दोब्बर बनाइने पनि अर्थमन्त्री खतिवडाले जानकारी  दिए।

स्वास्थ्य केन्द्रित बजेटमा स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बनाइएको छ। यसअघि स्वास्थ्यको क्षेत्रमा ४४ अर्ब बजेट रहेको थियो।

यस्ता छन् महत्वपुर्ण १८ स्वास्थ्यका कार्यक्रम, कुनमा कती बजेट?

१. कोभिड—१९ मा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको ५ लाखको बिमा

२. काठमाडौंमा ३ सय शैय्या र प्रत्येक प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल खोल्न १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

३. उपत्यकाका ठूला अस्पतालमा २ सय ५० बेड आईसीयुसहितका थप गर्नको लागि १२ अर्ब ४६ करोड विनियोजन

४.‘एक चिकित्सक एक स्वास्थ्य संस्था’सहित स्थानीय तहमा चिकित्सक कार्यक्रम प्रभावकारी बनाउन ५ अर्ब रकम बिनियोजन

५. राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने

६. कान्ति बाल अस्पतालमा थप आईसीयु बनाइने

७. निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यस्वस्था

८. विपद्का बेला निजी क्षेत्रका अस्पतालालाई उपयोगमा ल्याउन सकिने व्यवस्था

९. निरोगी नेपाल अभियान चलाइने

१०. राष्ट्रिय रोग निदान केन्द्रको स्थापना गर्ने

११. कोरोना उपचारका लागि तत्काल चाहिने औषधी उपकरणका लागि ६ अर्ब

१२. स्वास्थ्य पूर्वाधार विकास गर्न १२ अर्ब ४० करोड

१३.केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्क

१४. आगामी वर्ष नेपाल पूर्ण खोपमुक्त घोषणा गर्ने

१५. तीन वर्षदेखि सबैको स्वास्थ्य विमा र सबै स्थानीय तहलाई ४० प्रतिशत विमाको दायरामा ल्याउने ७ अर्ब

१६. स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड

१७. प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने

१८. सबै प्रदेशमा आधुनिक प्रयोगशाला

यो पनि पढौ: विद्युत महसुलमा मासिक १० युनिटसम्म निशूल्क, मासिक १५०खपत २५ % र मासिक २५०खपत १५ %छुट
सरकारले निजी क्षेत्रको ५ %को ब्याजदर माग पूरा
३८औँ राष्ट्रीय मगर एकता दिवस फागुन १५ मामगरात भुमी हाम्रो पौरख, मगर इतिहास हाम्रो गौरवसंस्थापकहरुलाई “मगर गौरब पदक” द्वारा सम्मान कार्यक्रम मगरातमय

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar