म्याग्दीमा पहिलोपटक १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


म्याग्दी: म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

‘सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ’, उनले भने, ‘बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।’

कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए। उनी र सँगै आएकालाई सिधैँ क्वारेन्टिनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन।

उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए।

म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।

कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ।

(रासस)
यो पनि पढौ:विश्वमा कोरोना भाइरसवाट मृत्युहुनेको सख्या ३,६२,०१० पुग्यो
झापाका एउटै गाउपालिका ७९ संक्रमित मध्ये ७३ जना कोरोना संक्रमित
महत्वपुर्ण १८ स्वास्थ्यका कार्यक्रम, कुनमा कती बजेट?

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar