कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो, अर्घाखाँचीका ३५ वर्षीय


गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषलाई नेपालमै मृत्यु भएको संख्यामा समावेश गरिएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकलाई नेपालमै कोरोनाबाट मृत्यु भएको संख्या समावेश गरिएको बताए।

मन्त्रालयकै सहप्रवक्ता डा. समिर अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएपनि हामीले परीक्षण गरेपछि कोरोना पुष्टि भएको हो। त्यसैले नेपालकै मृत्यु भएको संख्यामा समावेश गरिएको हो।’

उनको जेठ ११ गते स्वाब परीक्षणको लागि भैरहवास्थित प्रदेश प्रयोगशालामा पठाइएको थियो। बिहीबार नतिजा आउँदा मृतक पुरुषमा कोरोना पोजेटिभ देखियो। उनको यसअघि नै परिवारले उनको दाहसंस्कार गरिसकेको छ। मृतक अर्घाखाँचीको भुमिकास्थान-९ निवासी हुन्। उनी भारतमा मजदुरी गर्दै आएका थिए।

प्रवक्ता देवकोटाले मृतकमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको र परीक्षणको लागि स्वाब लिने काम पनि सुरु भएको जनाए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। जसमा सिन्धुपाल्चोक, ललितपुर, बारा, गुल्मी, अर्घाखाँची र बाँकेका एक-एक जना छन्।
यो पनि पढौ:श्रम केन्द्रित बजेटले ८ लाख नयाँ रोजगारी सिर्जना हुने
भक्तपुरकी महिला जनप्रतिनिधीले १ हप्तामै जितिन् कोरोना भाइरस

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar