सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि विहान ९ वजे वस्ने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक  शनिबार बिहान बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा नपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटर्वार्तापछि शनिबार विहान ९ बजेका लागि बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बजेटमा विवादीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश गरिएपछि छलफल गर्न लागिएको बुझिएको छ ।

यस्तै बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुने छ । शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि आशंका पैदा भएको छ ।
यो पनि पढौं:विश्वमा कोरोना भाइरसवाट ३ लाख ६२  हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar