काठमाण्डौ गोंगवुमा स्कुटर र ट्रक ठोकिदा दुइको मुत्यु


काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृत्यु भएको जानकारी दिए ।

घाइते विष्टको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र घाइते बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनासँग सम्बन्धित मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
यो पनि पढौ:प्रधानमन्त्री तथा (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुर्वप्रधानमन्त्री तथा कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
विश्वमा कोरोना भाइरसवाट ३ लाख ६२  हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar