मन्त्रिपरिषद्को वैठक ५ वजे बस्दै, विदेशमा रहेका नेपालीको उद्धार र लकडाउन मोडालिटी मुख्य एजेण्डा

मन्त्रिपरिषद्को वैठक ५ वजे बस्दै, विदेशमा रहेका नेपालीको उद्धार र लकडाउन मोडालिटी मुख्य एजेण्डा

शनिबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ ।
आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन,विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले बताए ।


विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।
सरकारले पछिल्लो पटक थप १५ दिन थपेको लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।
यो पनि पढौंनेकपा सचिवालय बैठकको निष्कर्ष:एमसिसी अनुमोदन गर्ने /नगर्ने जिम्मेवारी संसदको
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्वोधन, विदेशमा अपठ्यारो अवस्थामा परेका नेपालीलाइ छिट्टै नेपाल फर‌काइने(सम्वोधनको पुर्णपाठसहित)

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar