प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुग्यो


जनकपुरधाम । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले गत सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो ।

यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए । यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराए ।

यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेटाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टिनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् । रासस
यो पनि पढौं:बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई नेकपाको चेतावनी
श्वास फेर्ने समस्याबाट गर्भवती ४० वर्षिय महिलाको मृत्यु
थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो,निको हुने संख्या २२०,मर्नेको सख्या ८ पुग्यो

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar