थप कोरोना संक्रमित २८८ जना, नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो


काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
पर्वतमा ५, स्याङ्जामा ५, रौतहटका ३८, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखमा ९ जना, सल्यानमा १८ जना, अछामका १० जना, बाराका १ जना, दाङमा १७ जना, प्युठानमा १ जना, कंचनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना रहेका छन् ।
त्यस्तै महोत्तरीका २ , रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलबस्तुका १६ जना, काठमाडौं ४ जना, नवलपरासीपूर्वमा १ जना, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ जना र रुपन्देही १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
काठमाडौंमा कोरोना देखिएका ४ जना काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।
यो पनि पढौ:थप कोरोना संक्रमित २८८ जना, नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
नारायणकाजी श्रेष्ठले’प्रकास’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह!

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar