चलचित्र अभिनेत्री मनिषा कोइराला


बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् ।  परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उनी काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । 
भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले  अभिनेत्री कोइराला र  उनको परिवारको  स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’ 

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले  सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।
 यो पनि पढौ:थप कोरोना संक्रमित २८८ जना, नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
रुकुम पश्चिम चौरजहारी घटना दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता:- गृहमन्त्री रामबहादुर थापा मगर’वादल’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar