•सबै भन्दा पहिलो मातृ भाषा के हो
सबै भन्दा पहिलो मातृ भाषा के हो भने मानवले जन्म लिएपछि सबैभन्दा पहिलो बोलिने र सिक्ने भाषालाई उसको “मातृभाषा” भनिन्छ। मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रिति रिवाज सहितको पहिचान हो।
नेपाल बहुभाषी, बहुसांस्कृतिक तथा बहुधार्मिक, विविधताले भरपूर राष्ट्र हो । विविधतामय पहिचान बोकेर आफ्नो छुट्टै अस्तित्व झल्काउने नेपालीहरूका आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै भेषभूषा, आफ्नै परम्परा तथा आफ्नै लोक रीतिरिवाजहरू छन्। आफैमा सानो भौगोलिक परिवेशलाई ओगटेर पनि विविधताजन्य पहिचान दिन सक्नु नेपालको निजत्व हो ।नेपालमा १०–वर्षे जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित आन्दोलन, महिला आन्दोलन, अपाङ्गता भएका, मुस्लिम र पिछडिएको क्षेत्रका जनताको आन्दोलन तथा अधिकार प्राप्तिका विभिन्न आन्दोलन÷सङ्घर्षहरूका कारण संघीयता, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता स्थापित भएको प्रस्ट छ । नेपाली जनताको त्याग, योगदान, बलिदान र सङ्घर्षबाट संघीय लोकतान्त्रिक शासन–व्यवस्था कायम भएको जगजाहेर छ । नेपालको संविधान, २०७२ को भाग—३, मौलिक हकअन्तर्गत धारा—१८(३) समानताको हक र धारा ४२ को सामाजिक न्यायको हक, धारा—३८(५) को महिलाको हक, धारा—४० दलितको हक, आदिका व्यवस्थाअनुसार किनाराकृत समुदायहरू आदिवासी जनजाति, मधेशी, दलित, महिला, अपाङ्गता भएका, पिछडिएको क्षेत्रहरूका लागि केही हदसम्म आरक्षण (सकारात्मक विभेद)को व्यवस्था गरिएका छन् ।
नेपालको विविधतालाई सम्मान गर्दै बहिष्कृत, सीमान्तकृत जनतालाई राज्य संरचनाको मूलधारमा ल्याउने उद्देश्यले पछिल्लो दशकदेखि राज्य व्यवस्थाले शिक्षा, रोजगार, स्वास्थ्य आदि क्षेत्रमा आदिवासी जनजाति, मधेशी, दलित, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्रको जनताका लागि संविधान र ऐन–कानूनमार्फत धेरथोर आरक्षणको व्यवस्था व्यवहारमा पनि लागू हुँदै आएको थियो र छ । यद्यपि निजामति, सेना, प्रहरी आदि क्षेत्रमा आरक्षणको कार्यान्वयनमा एकरूपता छैन, त्यसलाई सच्च्याइनु पर्दछ र मुस्लिमको क्लस्टर समेत थपिनुपर्दछ ।
नेपालको संविधान भाग—५ को व्यवस्थाअनुसार नेपाल राज्य संघीय संरचनामा गई निर्वाचनमार्फत साविकको विकास क्षेत्र र अञ्चलको सट्टामा स्वायत्त प्रदेश र स्थानीय तहहरूको कार्यान्वयन भई सञ्चालनमा आइसकेको अवस्था छ ।यी अबस्था हुदा हुदैपनि भाषिक विभेदपुर्ण कायम छ।त्यसैले भाषासँगै नेपाल भाषा (नेवारी) र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा भइरहेको तत्कालीन समयमा बन्देज लगाएको थियो । काठमाडौं महानगरपालिकामा नेपाल भाषा, राजविराज नगरपालिका, धनुषा जिल्ला विकास समितमा मैथिली भाषालाई आधिकारिक भाषाका रुपमा प्रयोग गर्ने भनेर तीनवटै स्थानीय निकायहरुले बोर्ड बैठकमा निर्णय गरेका थिए । यसलाई सर्वोच्च अदालतले २०५६ जेठ १८ बन्देज लगाउने आदेश दिएको थियो । त्यसको विरुद्धमा जेठ १८ लाई कालो दिन भन्दै आइएको हो ।गते कालो दिनको बिरोध र भाषिक समनताको पक्षमा प्रदर्शन काठमाण्डौको माइतिघर मण्डलामा कार्यक्रम गरिएको जानकारी सबैलाई अबगत नै छ।
“पहिचान भनेको त्यहाँको समुदाय, भाषा, सँस्कृति तथा भूगोललाई चिनाउने नाम हो र नाम विनाको संघीयता कहीं पनि हुँदैन र छैन । नेपालमा पहिचान सहितको सघियता स्थापित गराउन मात्री भाषा लागु गराउनुपर्छ। नेपालको सबै भाषालाई समान व्यवहार राज्यले गर्नुपर्छ।”
नेपाल आकारले सानो भए पनि सबैको आँखाको नानी छ। प्राकृतिक तथा भौगोलिक आश्चर्यहरूले नेपाल विश्वमै प्रतिष्ठित बन्दै छ । प्राकृतिक सुन्दरता तथा भौगोलिक विविधताले पनि नेपाललाई विश्वका अरु राष्ट्रका सामु अलग्गै पहिचान दिलाएर उभ्याएका छन् ।
नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३% र एशियाको कूल क्षेत्रफलको ०.३% क्षेत्रफलको भू–भाग ओगटेको छ । नेपाल पूर्व र पश्चिममा क्रमशः मेची र महाकालीसम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर रहेको छ तर हाल नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा १,४७,५१६ वर्ग किलोमिटर भएको छ। विश्वको अग्लो शिखर सगरमाथा लगायत विश्वका सर्वाेच्च दशमध्ये आठवटा हिमशिखरहरूले नेपाललाई छुट्टै भौगोलिक परिचयका रुपमा चिनाएका छन् भने महामानव गौतम बुद्धको जन्मभूमि भएकाले पनि नेपाललाई विश्वभर प्रतिष्ठित बन्न थप प्रेरणा प्रदान गरेको छ ।
नेपाल भाषिकरुपमा विविधतामय रहेको कुरा माथि नै चर्चा गरियो । नेपालमा विश्वमा बोलिने दश भाषापरिवारमध्ये पाँचवटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । वि.सं.२०६८ सालको जनगणना अनुसार २,६४,९४,५०४ जनसंख्या रहेको नेपालमा १२३ भाषाहरू बोलिने कुरा सार्वजनिक गरिएको छ । सन् २००० मा बारबारा ग्राइम्सको इथोनोलगले नेपालमा १२८ वटा भाषाहरू बोलिने कुरा दाबी गरेकाले नेपालमा यति नै र यतिकै संख्याका भाषाहरू बोलिन्छन् भन्ने कुरा सार्वजनिक गर्न सन्देह पैदा भएको छ । जे होस् नेपालमा विश्वका साढे चारहजार जति भाषाहरूमध्ये सयभन्दा अधिक भाषाहरू बोलिने कुरा सार्वजनिक गर्नु कुनै आपत्ति छैन ।
नेपालमा बोलिने यावत् भाषाहरूको अझैसम्म पनि गहन तरिकाले खोजी कार्य गर्न सकिएको छैन । नेपालमा यति नै संख्याका भाषाहरू बोलिन्छन् भन्ने कुरा समेत स्पष्ट छैन । यहाँ बोल्ने प्रत्येक भाषाहरूको सर्वेक्षण कार्य अधुरै रहेको छ । नेपालमा कति भाषा बोलिन्छन् र प्रत्येक भाषाका के–कस्ता मौलिक प्रवृत्तिहरू रहेका छन् भन्ने कुराको जानकारी दिन सकिएको छैन । नेपालमा बोलिने अनेकौँ भाषाहरूमध्ये कतिपय (उदाहरणार्थ– राउटे) भाषाहरू उचित प्रचार–प्रसार तथा संरक्षण र संबद्र्धनका अभावमा ओझेलमा पर्ने मात्र नभई लोपोन्मुख अवस्थामा पुगेका छन् । राष्ट्रको केन्द्रीय स्तरमै स्पष्ट भाषिक नीति नभैदिनाले तथा राष्ट्रको भाषिक नीतिले राष्ट्रभित्रका यावत् राष्ट्रिय भाषाहरूको संरक्षण, संबर्द्धन तथा समुत्थानका निम्ति पहल नगरिदिनाले राष्ट्रभित्रका सबै भाषाहरू संरक्षित हुन सकेका
छै्रनन् । राष्ट्रको स्पष्ट भाषिक रणनीतिका अभावमा कतिपय भाषाहरू लोप हुने अवस्थामा छन् भने कतिपयको भविष्य त्यति समुज्ज्वल देखा पर्दैन ।
नेपालमा बोलिने भाषाहरूको संरक्षणका निम्ति केन्द्रीय स्तरमा स्पष्ट भाषिक नीति बन्नुपर्दछ । देशभित्रका सबै भाषाहरूको समुत्थानका निम्ति प्रत्येक भाषाका शब्दहरूको सङ्कलन गरी कोशहरूको निर्माण गरिनु पर्दछ । प्रत्येक भाषाका आ–आफ्नै मानक व्याकरण तथा शब्दकोश निर्माण हुनुपर्दछ । ओझेलमा परेका भाषाहरूलाई सञ्चार तथा ज्ञान विज्ञानका क्षेत्रमा प्रवेश गराइनु पर्दछ । प्रत्येक मातृभाषामा पाठ्यपुस्तक निर्माण गरिनु पर्दछ । भाषिक वक्ताहरूको ख्याल गरी क्षेत्रीय स्तरमा सबै भाषालाई समेट्ने गरी सञ्चार माध्यममा पनि सबै भाषालाई समान अवसर दिइनु पर्दछ। त्यस्तै नयाँ भाषा सिक्न चाहनेहरूलाई भाषा सिक्नका निम्ति भाषा शिक्षण केन्द्रहरू खोलिनु पर्दछ । प्रत्येक भाषामा विश्वका प्रमुख ग्रन्थ, महत्तम साहित्यिक कृति तथा ज्ञान–विज्ञानका महत्तम उपलब्धीहरूका बारेमा लिखित पुस्तकहरूको अनुवाद, रुपान्तरण तथा लेखन कार्य गरिनु पर्दछ । त्यसका साथै राष्ट्रभाषा नेपालीमा कुनै नवीन शब्दको आवश्यकता पर्यो भने अन्य विदेशी भाषाबाट नभई नेपालभित्रै बोलिने राष्ट्रिय भाषाहरूद्वारा शब्द सापटी लिइनु पर्दछ अनि एउटै समृद्ध राष्ट्रभाषाका निम्ति सबै भाषाहरूलाई समेट्दै भाषिक एकीकरणको नीति अख्तियारी गरिनु पर्दछ । देशभित्र कला, संगीत र साहित्यका क्षेत्रमा महत्तम कार्यहरू गर्न सम्पूर्ण तह र तप्काका व्यक्तिहरूलाई अभिप्रेरित गर्न सक्नु पर्दछ तब मात्र समृद्ध भाषा समृद्ध देश र समृद्ध जातिका रुपमा नेपाल र नेपालीहरूलाई विश्वभर चिनाउन सकिन्छ ।
हाल नेपालमा राष्ट्र तथा राष्ट्रिय भाषा, राष्ट्रिय संस्कृति, राष्ट्रिय परम्परा साथै राष्ट्रिय धर्म अनि राष्ट्रिय मेला, पर्व, भेषभूषा र चाडहरूलाई उपेक्षा गरेर पश्चिमी सभ्यता र संस्कृतितर्फ सबैको मन लोभिएको छ । यसै संस्कृतिप्रति लट्ठिएर नेपालमा पनि शिक्षण संस्था तथा सञ्चार माध्यमहरूलाई त्यसैको बढवा गर्न उपयोग गरिएको छ । शिक्षण संस्थाहरूले (प्रमुखतः निजी) स्वदेशी स्याउभन्दा विदेशी नासपाती मीठो मान्दै आफ्ना संस्थाहरूमा अन्तर्राष्ट्रिय भाषा भन्दै यावत् पठनपाठन कार्य सोही भाषामा र यावत् भेषभूषा त्यसै परम्परातर्फ मोडेका छन् । फलतः विद्यालयका शैक्षिक पात्रो (क्यालेण्डर) पनि वि.सं. मा नभई ईस्वी सन्मा मात्र प्रकाशन गर्न थालिएको छ । विद्यालयका यावत् शैक्षिक क्रियाकलाप राष्ट्रभाषा तथा राष्ट्रिय भाषाहरूलाई उपेक्षा गरेर अङ्ग्रेजी भाषामा नै सञ्चालन गर्न थालिएको छ । अनि अर्कातर्फ स्वदेशकै उच्चपदस्थ व्यक्तित्वहरू सञ्चारमा आउँदा अनावश्यक अवस्थामा पनि अङ्ग्रेजी भाषाप्रति बढी आकर्षित भएको देखिँदा साथै सञ्चार माध्यमहरूले पनि आवश्यकताविना नै अंग्रेजी भाषामा जथाभावीका कार्यक्रम जथाभावी तरिकाले सञ्चालन गरिदिँदा राष्ट्रभाषा नेपाली र अन्य राष्ट्रिय भाषाहरू अत्यन्तै उपेक्षित रहेको पुष्टि हुन्छ ।
नेपालको मात्री भाषा परिवारका थुप्रै भाषाहरू बोलिन्छन् । जसको विवरण तल प्रस्तुत छः–
तामाङी, नेवारी, मगर, राई, किराँती, लिम्बू, गुरुङ्गी, सेर्पाली, चेपाङी, थामी, धिमाली, थकाली, जिरेली, मेचे, सुनुवारी, हायु (वायु), व्यासी, राउटे, पहरी, तिब्बती, लेप्चा, दुरा, राजी, कागते मनाङी, खाम, तिछुरोङ, डोल्पा, कैके (काइके) कुसुण्डा, घले, बुजाल, छन्तोल, ह्लोमी, भ्रामु, ह्लोके । आदिवासी भाषा परिवारका भाषाहरू चीन, भारत, नेपाल, बर्मा, भुटान, भियतनाम, लाओस, थाइलैण्ड बंगलादेश आदि देशहरूमा बोलिन्छ । अहिले आधुनिक नेपाल पुरानो नाम मगरात हो।
नेपाल मगरजातिको भाषाहरू मगरात मानव सभ्यतामा यही भुमिमा उत्पतीभएको भाषा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन्। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ। म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस् म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। ‘म्हृयाक’ बिर्सनु र ‘डी’ भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङ डीको अर्थ ‘मीराङ’ भनेको मूल्य र ‘डी’ भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे। त्यसैले भाषा लोप हुँदा चारवटा महत्वपूर्ण कुराहरू हराएर जाने छन् ।ति यसप्रकार छन्।
१) पहिलो– भाषा लोप भएसँगै फरक सोचाइ वा दृष्टिकोणको नै अन्त्य हुन्छ ।
बीसौं शताब्दीमै अमेरिकी भाषाशास्त्री बेन्जामिन लिहोर्फले भाषालाई सापेक्षताका आधारमा हेर्दै भाषाका माध्यमबाट मानिसहरूले आफ्नो दृष्टिकोण बनाउने कुरा बताएका थिए । यसलाई स्यापिर–होर्फ हाइपोथेसिसका रूपमा पनि चिनिन्छ ।
२) ग्रह वा उपग्रहबारेको इतिहास वा संस्कृतिसम्बन्धीको सम्बन्धित भाषाको भाषिक ज्ञान लोप हुन्छ । र,
३) वातवरणीय चुनौतिलाई कसरी स्थानीय स्रोतका आधारमा सामना गर्ने भन्ने ज्ञानको पनि समाप्ति हुन्छ।
४)आमाजतिकै प्यारो भाषाको पहिचान नै गुम्छ।उनका कुरामा सहमत हुन सकिएला वा नसकिएला, त्यो आफ्नो ठाउँमा छ । तर, के चाहिँ सत्य हो भने भाषाको अन्त्य हुँदा सपाट भाषा मात्र अत्य हुँदैन । भाषासँगै संस्कृति, दर्शन, आदिवासी वा परम्परागत ज्ञान आदि केही पनि बाँकी रहँदैनन् । किनकि भाषामा परम्परागत विधिबाट औषधोपचार गर्ने तौरतरिका वा सीप, मौसम र पर्यावरणीय ज्ञान लुकेको हुन्छ भने जलवायु परिवर्तनको संकेतका कुराहरू पनि भाषाका माध्यमबाट प्रकट गर्ने हुने गर्दछन् ।त्यसैले सम्पुर्ण आदिवासी, मुलवासी, जनजातीहरुले मात्री भाषाको प्रयोग छोड्हुन्न।
•के देशको पहिचानभित्र भाषा पर्दैन ?
तीतो यथार्थ भाषाको कुरा देशको आत्म स्वाभिमान भित्र परेको लाग्दैन । राजनीतिका कुनै तुक नै नभएका कतिपय विषय जसले देशमा घाटा नै घाटा तुल्याउँछ। समय, श्रम र सम्पत्तिलाई स्वाहा पारिरहेको छ। त्यो विषय पेचिलो बन्छ । अग्र स्थानको विशेष विषय बन्छ तर यस्ता हरेक सञ्चार, शिक्षा क्षेत्रका दैनिक प्रयोगमा आउने विषयका चर्चाले चासोको रूपमा स्थान नपाउनु दुखद् विषय हुन्। देशको पहिचान हो नेपालको मात्री भाषा । नेपालको नेपाली भाषा हरेक भाषा जसमा बहुसङ्ख्यक नेपालीको मनमुटु गाँसिएको छ । नेपाली भाषाको सहायताबाट यहाँका १२२ बढी अन्य मातृभाषाको जगेर्ना गर्नु उत्तिकै आवश्यक छ । अतः देशको मूल पहिचान र धरोहरभित्र पर्ने भाषा, संस्कृतिको ह्रासका विषय भोलिको भविष्य निर्माणका आधार हुन्। हामीले आफ्नै पहिचानलाई अब जुँगाको लडाइँ गरेर बेवास्ता गर्ने हो भने हाम्रो आफ्नो पना नै के बाँकी रहला र ?
हामी को हौँ, यो प्रश्नको उत्तर दिने हैसियत के बाँकी रहला र ! नेपाल आफैमा भौगोलिक रुपमा सानो भएर पनि यति धेरै भाषाका वक्ताहरू अटाउन सक्नु नेपालको आफ्नै गौरव हो । प्रकृति तथा पूर्खा र जातिहरूले दिएको यो वरदानलाई आत्मसात् गर्दै राष्ट्र र राष्ट्रिय भाषाको संबद्धधनमा सबै सचेत भई लाग्नुपर्ने वर्तमानको आवश्यकता पनि हो । विविध भाषाभाषीको देश भनेर नेपालीहरूलाई आफ्नै छुट्टै पहिचानले विश्वभर परिचित गराउन तथा आफ्नो नेपालीपनको गौरवलाई संरक्षण गर्न राष्ट्र र राष्ट्रिय भाषाहरूको अभिवृद्धिका लागि आम नागरिक भौगोलिक, धार्मिक तथा जातिगत साम्प्रदायिक भावनाले नभई स्वच्छ र पवित्र राष्ट्रिय भावनाले उठ्न सके नेपाल समृद्ध भाषाभाषी, कलासंस्कृति, रीतिरिवाज र प्रकृतिले सुसज्जित भएको साँच्चिकैको शान्ति क्षेत्र नेपालको नामले आफ्नो चौडा छाती फुलाउँदै विश्वका सामु उभिन सक्छ भन्ने कुरामा दुईमत छैन ।हाम्रो नेपालमा आदिवासी, मुलवासी, जनजाती भाषा हराए , लिपी हराउछ, लिपी हराए साहित्य हराउछ,साहित्य हराए संस्कार संस्कृति हराउछ,संस्कार संस्कृति हराए धर्म हराउछ,धर्म हराए आफै हराउछौँ ।पहिचानलाई स्वीकार गर्दा देश टुक्रने होइन बरु संघीयताको मुख्य आधार नै ती समुदायहरु, भाषाहरु, सँस्कृतिहरु र भौगोलिक क्षेत्रहरु रहेछन् जसलाई संबोधन गरेर मात्र संघीयता सम्भब हुँदोरहेछ । यसले मात्र विद्यमान सबै विभेद र उत्पीडनमा परेका समुदाय, भाषासँस्कृति र क्षेत्रको जनताको भावना र आकांक्षालाई एकसुत्रमा गाँस्दोरहेछ । अतः नेपालमा पहिचानलाई स्थापित गराउन मातृ भाषालाइ जोगाउनु पर्छ। पहिचान भनेको त्यहाँको समुदाय, भाषा, सँस्कृति तथा भूगोललाई चिनाउने नाम हो र नाम विनाको संघीयता कहीं पनि हुँदैन र छैन । नेपालमा पहिचान सहितको सघियता स्थापित गराउन मात्री भाषा लागु गराउनुपर्छ। नेपालको सबै भाषालाई समान व्यवहार राज्यले गर्नुपर्छ।धन्यवाद।
यो पनि पढौ:-थप कोरोना संक्रमित २८८ जना, नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो
राष्ट्रिय मगर एकता दिवस फागुन १५ मगर दिवशमा सम्मान सहित सांस्कृतिक पहिचान स्वरुप भव्य रुपमा मनाउदै