तातोपानीबाट चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन


मेलम्ची । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ ।

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा रु एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म रु १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र रु १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ ।

सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ । गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ ।

लकडाउन जारी रहँदा सो नाकाबाट रु एक अर्ब ७८ करोड २५ लाख २७ हजारको सामान भित्रिएको छ । उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए ।

भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ । यस्तै यस अवधिमा रु ११ करोड २० लाखको स्याउ र लसुन, रु चार करोड ४४ लाखको धानको बीउ, रु ८२ लाखको कृषि सामग्री र रु ४९ लाखको एम्बुलेन्स आयात भएको छ । रासस
यो पनि पढौ:प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने,,
खुल्ला मगर भाषिक रचना वाचन प्रतियोगिता जेष्ठ २४ गते देखि सुरु

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar