चौरजहारी र देबदह रुपन्देही हत्याकाण्ड बिरुद्ध बुटवलमा बिरोध प्रदर्शन


बुटवल । जातिय हत्या हिंसा र बिभेद बिरुद्ध  गर्नुका साथै खबरदारी सभा गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ, राष्ट्रिय दलित मोर्चा, राष्ट्रिय महिला मोर्चा र राष्ट्रिय पुर्व सैनिक संगठनको सयुक्त आयोजनामा जातिय हत्या, हिंसा र बिभेद बिरुद्ध बिराेध प्रदर्शन गर्नुका साथै खबरदारी कार्यक्रम सम्पन्न गरेका हुन्।
कार्यक्रममा जनमुक्ति युवा महासंघ प्रदेश नम्बर ५ (लुथम) का युवा नेता डिबी थापा, महिला नेत्री मधु राना, राष्ट्रिय दलित मोर्चाका केन्द्रिय सहसयोजक हरीओम बिश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका जातिय बिभाग प्रमुख दल बहादुर बिरकट्टा मगरले संबाेधन गरेका थिए।

उक्त घटनाको घोर भ्रत्सना गर्नुका साथै घटनाको निस्पक्ष छानबिन र दोसीलाई कडा भन्दा कडा सजाय गर्न सरकारसँग माग गरेका थिए । रुकुम पश्चिम चौरजहारीमा भएको निर्मम हत्याकाण्ड र रुपन्देहीकाे देबदहमा भएका पासबिक हत्या बिरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध भातृ संगठनहरूद्वारा सयुक्तरुपमा आयाेजित बिराेध प्रदर्शन बुटवलको पुष्पलाल पार्क देखी शुरु भएर ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । बिरोध सभालाई संबोधन गर्दै सो पार्टीका जातिय बिभाग प्रमुख बिरकट्टाले मुलुकमा दुईतिहाइको बलियो सरकार छ भनिन्छ तर सरकारले दोसीलाई कानुनी कठघारा उभ्याउन सकिरहेको छैन । अन्तरजातीय विवाह गरेका कारण हत्या गरिएका काभ्रेपलान्चोकका अजित मिजारको शव ५वर्षदेखि काठमाण्डौस्थित टिचिङ अस्पतालमा रहेको छ । यी बाहेक जातीय छुवाछूत तथा भेदभावका कारण बलात्कार, बहिष्करण तथा अपमानका सयौं घट्नाहरु घटेका छन् । तर कथित दुईतिहाइको सरकारले न्याय दिन सकिरहेको छैन । जनताले अब न्यायको लागि कठोर निर्णय लिनु पर्ने बेला आएको छ । हामीले भन्दै आएका छौ सबै खाले बिभेदको अन्त्य ‘जनमुक्ती बिचार  धारा’ बाट मात्र संम्भब छ । तसर्थ राजनीतिको जबरजस्त हस्तक्षेपकारी भूमिकाबाट नै यस समस्याको हल हुन सक्दछ । जनयुद्धको उद्द्गम स्थलमा नै यस्ता जातिय नरसंहार घटना घट्नु भनेको कम्निस्ट हरुको गलत राजनीतिक को उपज हो । तसर्थ न्यायका सबै पक्षधर जाती समुदाय र बर्ग एक पटक पुन बिचार  गर्ने बेला आएको छ कि जुन पार्टीले जन्मदै जातिय मुक्तिको मुद्धा बोकेर आएको छ त्यो पार्टीमा गोलबन्द हुने कि नहुने ? उत्पिडिन जाती समुदाय बर्गहरुको चेत बेलैमा खुले यस्ता घटना सदाका लागि अन्त्य हुने छन । दलित समुदाय मन्दिर छिर्ने सपना होइन, सिंहदरबार छिर्ने हो त्यसकारण जातिय मुक्ति बिना बर्गिय मुक्ति सेकेण्डरी कुरा रहेको बिरकट्टाले बताएका छन।

जनमुक्ति युवा महासंघ रुपन्देही का जिल्ला सचिब पहल रानाले संचालन गरेको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तक हरुको बाक्लो सहभागीता रहेको थियो ।
यो पनि पढौ:कोरोना भाइरसवाट थप १ जनाको मृत्यु
सुदुरपश्चिममा थप ८ जनाकोरोना, संक्रमितको सख्या ७२ जना पुग्यो।

तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar