नेमकिपा सांसद प्रेम सुवालद्वारा संविधान संशोधन विधेयक दर्ता

नेमकिपा सांसद प्रेम सुवाल

काठमाडौं । गैरसरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । सुवालले शुक्रबार अपराह्न २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन् ।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन् ।

यसअघि सरकारले नक्साअनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो । सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भइसकेको छ । त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा, नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरु अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत आठजना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।

सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या चार पुगेको छ ।
यो पनि पढौ:महिला अधिकारकर्मी संजाल कास्कीका अध्यक्ष तारा थापा मगरको नेतृत्वमा मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र
कोरोना भाइरसवाट थप १ जनाको मृत्यु
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar