बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण


बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।  

संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन्। उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना  दुई साताअघि काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले जानकारी दिए ।

२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिकाका ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
यो पनि पढौ:फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्वन्धी नयाँ सुविधा थप
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २० पुग्यो,संक्रमित क्षेत्र सिल
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar