कोरोना भाइरसवाट वाग्मती (नेवा:ताम्सालिङ्ग) ३ जनाको मृत्यु संक्रमितको सख्या ८३ जना पुग्यो

वाग्मती (नेवा:ताम्सालिङ्ग) प्रदेश

कोरोना भइरसका कारण वाग्मती (नेवा:ताम्सालिङ्ग) प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा पुरुषोत्तम सेढार्इंले जानकारी दिए ।

उनका अनुसार प्रदेशका १३ जिल्लामध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँमा सबैभन्दा धेरै २३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६–६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार–चार, ललितपुर र नुवाकोटमा तीन–तीन, सिन्धुपाल्चोक र दोलखामा दुई–दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती (नेवा:ताम्सालिङ्ग) प्रदेशका विभिन्न स्थानमा आठ हजार ११६ वटा क्वारेन्टिन श्यया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै झण्डै ५०० जना होम क्वारेन्टिनमा रहेका छन् । प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेशन श्ययामा हाल ४४ जनालाई राखिएको छ ।

प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा  ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको  थियो ।
यो पनी पढौ:वाग्मती (नेवा:ताम्सालिङ्ग) प्रदेशको कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्वन्धी नयाँ सुविधा थप
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २० पुग्यो,संक्रमित क्षेत्र सिल
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar