कपिलवस्तुमा ४८ थप संक्रमित, संक्रमितको संंख्या ५२३ पुग्यो


कपिलवस्तु । कपिलवस्तुमा शनिबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका नयाँ संक्रमितहरुमा महाराजगंज नगरपालिकामा ३१ पुरुष र ६ महिला, यशोधरा गाउँपालिकामा एक पुरुष एक महिला, विजयनगर गाउँपालिकामा पाँच पुरुष, वुद्धभुमि नगरपालिकामा चार पुरुषमा संक्रमण भएको छ । उनीहरु चार देखि ५५ वर्ष उमेर समूहका रहेको कोभिड १९ फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

कपिलवस्तु मुलुककै सबैभन्दा बढी संक्रमण भएको जिल्ला हो । यस जिल्लाको यशोधरा गाउँपालिकामा १३७, महाराजगंज नगरपालिकामा १०२, मायादेवी गाउँपालिका ५३, कृष्णनगर नगरपालिकामा ५२, शिवराज नगरपालिकामा ४८, शुद्धोधन गाउँपालिकामा ३०, कपिलवस्तु नगरपालिका २९, वुद्धभूमि नगरपालिका २९, वणगंगा नगरपालिकामा २२ र विजयनगर गाउपालिकामा २१ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

यो पनी पढौ:डोल्पाको ५८ वर्षीय १ पुरूषको कोरोना संक्रमणवाट मृत्यु, मृत्युको संख्या १२ जना पुग्यो
बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण
कास्कीमा थप ३ जना कोरोना संक्रमित,गण्डकी(तमुवान मगरात)प्रदेशमा संक्रमितको सख्या ८५ पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar